Logo

२२ मंसिर,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा आज जुलुस प्रर्दशन गरिएको छ ।

तलबको माग गर्दै ५३ दिनदेखि धर्नामा बसेका करार, अस्थाई, ज्यालादारी कर्मचारी र नगरपालिकाका शिक्षकहरुले जुलुस निकालेर विरोध प्रर्दशन गरेका हुन् ।

शिक्षक संघ सिम्रौनगढ नगर कमिटीका अध्यक्ष उमाशंकर प्रसाद यादवको नेतृत्वमा निकालिएको जुलुुसमा शिक्षक एकता जिन्दावाद, तलब भत्ता निकासा गर, नितिगत म्याद थप गर, स्थानिय अपाङ्ग सरकार मुर्दावाद, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, शिक्षक मार्न पाईदैन नारा लगाएका थिए ।

जुलुसले सिम्रौनगढ नगर परिक्रमा गरि कंकाली मन्दिर पुलचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा शिक्षक बृजकिशोर प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव, बीरेन्द्र चौधरी, रामबाबु प्रसाद, राकेश प्रसाद यादव, दिपेन्द्र महतो, रिषवदेव ठाकुर लगायतले धारणा प्रस्तुत गरेका थिए ।

शिक्षक संघ सिम्रौनगढ नगर कमिटि अध्यक्ष उमाशंकरको अध्यक्षतामा भएको कोण सभाको सन्चालन शिक्षक सुरेश मुखियाले गर्नुभएको थियो ।


सम्बन्धित समाचार