![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/dr-shekhar-koirala.jpg?fit=1024%2C768&ssl=1)
२२ मंसिर,काठमाडौँ । नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले काँग्रेसले कम्युनिस्टसँग गठबन्धन गर्न नहुने बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्ने बताए।
उनले कम्युनिस्टसँग काँग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए। उनले देश परिवर्तन गर्नु छ भने काँग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए। उनले गठबन्धन पनि निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्नेमा सोच्न जरुरी रहेको बताए।
नेता कोइरालाले अहिले मानिसहरू लोकरिझ्याइँमा बढी केन्द्रित हुने गरेको बताए।