Logo

२३ मंसिर,सेढवा। पर्साका अधिकान्स सामुदायीक विद्यालयहरुमा जडान गरिएका सिसिटिभी क्यामरा मर्मत अभावमा बन्द रहेका छन् ।
शैक्षिक गुणस्तर बढाउन र शिक्षक बिद्यार्थीहरुलाई निगरानी गर्न स्थानीय तहले सि. सि.टि.भी. क्यामरा जडान गरेका थिए ।

तर अहिले अधिकांश क्यामराहरु संचालनमा नभई बन्द अवस्थामा रहेका छन् । ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, छिपहरमाई लगायतका गाउँपालिकाले निम्न तथा माध्यमिक तहका बिद्यालयहरुमा जडान गरेको सि सि टिभी क्यामरा बिग्रेर बन्द अवस्थामा रहेका छन् ।

सखुवाप्रसौनी गाउँपालिका वडा नं १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिरही सथवलका प्रधानाध्यापक दिलिप बुढाथोकीका अनुसार जडान गरिएका सि सि टिभी क्यामरा महिनौदेखि बिग्रेर बन्द रहेको र मर्मतका निम्ति मौखिक रुपमा सम्बन्धित निकायलाई जानकारी गराइए पनि कुनै किसिमको पहल नभएको बताउनुभयो ।

यसैगरी पटेर्वासुगौली गाँउपालिका वडा नं ४ मा रहेका नेरामाबि दाप सुगौलीका प्रधानाध्यनपक रामाशंकर प्रसाद राउतले बिद्यालयमा जडान भएका सि.सि.टि.भी. क्यामरा संचालनमा नरहेको बताउनुभयो ।

स्थानिय तहको दोस्रो निर्वाचनको मतगणनाका लागी मतदान अधिकृतले सेट अप बक्स लिएर गएको र हालसम्म फिर्ता नल्याएकोले संचालनमा आउन नसकेका राउतले बताउनुभयो ।

उता ठोरी गाँउपालिका वडा ५ मा रहेका ज्ञानबाटिका मा.बि.सुवर्णपुरमा बाहिरका व्यक्तिहरु क्यामरा फुटाईदिएका कारण दुई वटा क्यामरा विग्रेको छ ।
यता विद्यालयका कम्पाउन्ड अधुरा भएकाले बन्द रहेको विद्यालयमा गाउँका स्थानियले नै प्रवेश गरी क्यमरामा क्षति पुगाएको जिराभवानी गाउँपालिका २ मा रहेको नेरामाबि सेढ्वा बिर्ताका प्रधानाध्यापक खेमराज महतोले बताउनुभयो ।

कक्षाकोठामा भने जडान गरिएका क्यामरा संचलनमा रहेको उहाँले बताउनुभयो । सीसीटिभी क्यामरा नहुँदा कति विद्यार्थीहरु पढाईकोबिच मै विद्यालय बाहिर जाने र होहल्ला गर्ने प्रवृति बढ्न थालेको प्रधानाध्यापकहरुले बताएका छन् ।

कत्तिपय शिक्षकहरुले कक्षाकोठामा मोवाईल चलाएर गफ गरेर बस्न थालेको प्रवृति हाबी भएको उहाँहरुको गुनासो छ । अहिले राउण्ड गरेर कक्षा कोठाहरु निगरानी गरिने गरिएको प्रधानाध्यापकहरुले बताएका छन् ।

 


सम्बन्धित समाचार