Logo

२३ मंसिर,सेढवा। पर्साको ग्रामिण भेगमा नेपाल सरकारको अनुदानबाट प्राप्त रासायनिक मलको कालोबाजारी भइरहेको सूचना प्राप्त भएको छ ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेनिंग कम्पनीले वितरण गरेको रासायनिक डिएपी र यूरिया मलको तोकिएका मूल्यभन्दा बढि मूल्यमा यूरिया मल बिक्री भइरहेको सूचना बाहिरिएको हो ।

जिल्लाको जिराभवानी, जगरनाथपुर गाउँपालिकाको केही स्थानमा मलको कालाबजारी भइरहेको किसानले बताएका छन् ।

स्थानीय पालिकाले तोकेको भन्दा पाँच सय रुपैँया बढि थापेर मल बिक्री भइरहेको जानकारी प्राप्त भएको हो । उक्त मूल्य नदिँदा पसलेले मल नै नदिने बताइएको छ । किसानले बाध्य भएर उक्त मूल्य तिर्नु परेको गुनासो गरेका छन् ।

त्यस्तै ठोरी गाउपालिकामा बढि तोरी र सुर्तीबाली रोपिसकेका कारणले त्यँहाका कृषि सहकारी संस्थाले पाएका मल चितवनको माडी पुग्ने गरेको किसानले जनाएका छन् ।

केही कृषि सहकारी संस्थाहरुले पाएको रासायनिक मल व्यापारीले नाफा लिएर बेच्ने गरेकाले मलको मूल्य बढेको एक जना व्यापारीले नाम नछाप्ने शर्तमा बताए ।

 


सम्बन्धित समाचार