![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/raswapa.webp?fit=1001%2C501&ssl=1)
२५ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार अपराह्न ४ बजेका लागि पार्टी कार्यालय चमतिमा बैठक बोलाइएको जनाइएको छ ।
बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
आगामी हिउँदे अधिवेशनमा प्रस्तुत हुने संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले बैठक डाकिएको जनाइएको छ ।