Logo

२५ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले कागजातमा शंका लागेपछि साढे २३ लाख मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

बारा प्रहरीको पथलैयाबाट खटेको प्रहरी टोलीले जीतपुरको सिमराको गरेको जाँचमा कागजातमा अनलाइन बिल र भ्याट बिलमा ‘डेलिभरी’ को ठाउँ फरकफरक रहेको पाइएपछि नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट दाल १०३७५ किलो, राज्मा १५०० किलो र चाना २८७५ किलो बरामद गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार विशेष सूचनाको आधारमा ट्रकसहित सामान बरामद गरिएको हो । प्रहरी नियन्त्रणमा रहेको सामानसहित ट्रकमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीको भनाइ छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ को पथलैया चोकबाट ना ४ ख २०६९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
यसैगरी बारा प्रहरीले आजै यात्रुबाहक बसको जाँच गर्दा बिल नभएको ३०० किलो प्याज समेत फेला पारेको छ ।


सम्बन्धित समाचार