Logo

जनकपुर, मंसिर २५ । साताव्यापी चल्ने सीताराम विवाहपञ्चमी महोत्सवको क्रममा तीनदिनसम्म मासु तथा मदिराजन्य विक्रिवितरणमा रोक लगाइएको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधामको परिक्रमा क्षेत्रमा तीन दिनसम्म मदिरा तथा माछा÷मासुको विक्री वितरणमा रोक लगाइएको हो ।

मंगलबारदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि बसेको सरोकारवालाहरुसँगको बैठक तथा जिल्ला सुरक्षा समिति धनुषाको बैठकबाट यही मंसिर २८ गते राति १२ बजेदेखि लागु हुनेगरी पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा÷मासुको विक्रीवितरणमा रोक लगाएको छ ।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रमा र परिक्रमा सडकको वरिपरी मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु विक्रीवितरण तथा ओसारपसार गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचना विपरित निषेधित क्षेत्रमा विक्रिवितरणलगायतका कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।


सम्बन्धित समाचार