![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/406403714_252828147576362_2774265655248345323_n.jpg?fit=1080%2C486&ssl=1)
२५ मंसिर,जनकपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको बताएका छन् ।
सोमबार धनुषाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले संघीयता बचाउनका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएका हुन् ।
पूर्व क्षेत्रीय सभापति स्व.राजकिशोर सिंहको शालिक अनावरण गर्दै सभापति देउवाले संघीयता कार्यान्वयन गर्न राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुपर्ने बताए ।
उनले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसकेकाले संघीयताको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमति भएमा अझै सहज हुने भएकाले आफु यसका लागि पहल गर्नेसमेत बताए ।