Logo

२६ मंसिर काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।

महानगरले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको हो ।

महानगर अन्तर्गतको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर मंसिर २७ देखि प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुमपानमा गर्न रोक लगाएको थियो ।

कसैले प्रतिबन्धित सुर्तीजन्य पदार्थ बिक्री गरेको देखे नगर प्रहरीले जफत गर्ने चेतावनी महानगरले दिएको छ । हाल पहिलो चरणको प्रतिबन्ध लगाइएको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम ल्याइने महानगरले जनाएको छ ।


सम्बन्धित समाचार