![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/07/goli-2.jpg?fit=1024%2C576&ssl=1)
२७ मंसिर,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाका कर्मचारीहरुले गरेको आन्दोलन उग्ररुप लिएपछि बारा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बारा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको हाम्रा सहकर्मी रामेश्वर मेहताले जनाए । प्रहरीले चलाएको गोलीबाट घटनास्थलमै एकनाको मृत्यु भएको बताइएको छ ।
नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा हवाइफायर तथा अश्रुग्यास प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।
बाराको सिम्रौनगढ नगरपालिकामा अहिले पनि अवस्था तनाव ग्रस्त रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको हाम्रा सहकर्मी मेहता जनाए । मृतकको भने अहिलेसम्म पहिचान नभएको प्रहरी स्रोतले जनाएको छ ।