Logo

२७ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले विभिन्न मिडियाहरुले आफूविरुद्ध लेखेको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । बुधबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपप्रमुख आलमले यस्तो बताएका हुन् ।

महानगर अन्र्तगत रहेका कृषि र पशु शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यालय सार्ने विषयमा विभिन्न मिडियामा आएका समाचारप्रति ध्यानाकर्षण भएको उनको भनाइ छ । महानगर अन्र्तगत रहेका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखालाई महानगरले अपहेलना गरेको उपप्रमुख आलमको गुनासो छ ।

यस्तै महानगरमा महिला, अपाङ्ग र सर्वसाधारण जनतासँग सरोकार राख्ने प्रमुख प्रशासकिय अधिकृतको कार्यालयलाई सारिएको विषयमा कुनै सल्लाह तथा निर्णय नभएको उपप्रमुखको सचिवालयले विज्ञप्तीमार्फत जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘महानगरभित्र रहेका कृषि, तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन (कृषि र पशु) शाखालाई महानगरको बाहिर राखिएको कुरा जानकारी गराउन चाहन्छौ, यस महानगरमा महिला, अपाङ्ग र सर्वसाधारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने प्रमुख प्रशासकिय अधिकृतको कार्यालयलाई सारिएको विषयमा समेत कुनै छलफल, सरसल्लाह र निर्णय नभएको यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौँ ।’

महानगरमा कार्यरत कर्मचारीलाई उपप्रमुखको सचिवालयबाट कुनै अभद्र व्यवहार नभएको उपप्रमुख आलमले जनाए । मनोमानी तरिकाले समाचार लेखेर भ्रम फैलाइएकोप्रति त्यसको खण्डन गर्दै कर्मचारी युनियनद्वारा सचिवालयका सदस्यहरुलाई बदनाम गर्न खोजिएको विज्ञप्तीप्रति उपप्रमुखको सचिवालयले घोर भत्सर्ना गरेको छ ।

सचिवालयले अहिले यथावत रुपमै रहेका शाखाहरुलाई सुचारु गरि सहज वातावरणमा कार्यालय संचालन गर्न जोडदार माग समेत गरेको छ ।


सम्बन्धित समाचार