Logo

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बिहीबारको बैठकले परराष्ट्र मन्त्रालयमा सचिव नियुक्त गर्ने तयारी रहेको छ।

सेवा लम्सालले परराष्ट्रमन्त्रालयको जिम्मेबारी पाउने देखिन्छ। त्यस्तै, मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अन्य केही सचिवहरूको सरुवा तथा पदस्थापन हुने अजेण्डा पनि रहेको छ।


सम्बन्धित समाचार