Logo

२८ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले सूचना माग्न जाँदा सञ्चारकर्मीहरुसंग दुव्र्यहार गरेको घटना बाहिरिएको छ ।
बुधबार सिम्रौनगढमा प्रहरीको गोलीबाट मृत्यु भएका बिनको बारेमा सूचना लिन जाँदा बारा प्रहरी प्रमुख सुरेश काफ्ले नै स्वयम सञ्चारकर्मीहरुसंग दुव्र्यहार गरेका थिए ।

एसपी काफले बारा प्रहरी कार्यालयमा सूचना लिन प्रेस युनियनका अध्यक्ष श्याम यादवसहित पुगेका ८÷९ जना सञ्चारकर्मीहरु भित्र किन आउनु भएको हो भन्दै तुच्छ शब्द प्रयोग गरेका थिए ।

प्रेस युनियन बारा अध्यक्ष यादव भन्छन्,‘हामी घटनाबारे जानकारी लिन एसपी कार्यालय पुगेका थियौं,सुरुमा केहीबेर हामीलाई भित्र प्रवेश गर्न दिइएन । त्यसपछि एसपी साहेब हामीलाई भित्र लिएर जानु भयो । अनि त्यहाँ हामीलाई तपाईहरु किन आउनु भयो, जानुस भनेर हप्काउनु भयो ।’

प्रेस युनियन अध्यक्ष यादवले यो एउटा घटनामा नभइ अन्य घटनामा पनि बारा प्रहरीले सञ्चारकर्मीहरुसंग दुव्र्यहार गर्दै आइरहेको आरोप लगाएका छन् ।
यहीबीच बारा प्रहरीले लगातार सञ्चारकर्मीहरुसंग गरिरहेको दुव्र्यहारप्रति प्रेस युनियान बाराले विरोध जनाएको छ ।

प्रेस युनियन बाराले आज एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालयले सञ्चारकर्मीहरुसंग गरिरहेको व्यहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियन बाराले जारी गरेको विज्ञप्तिमा भनेको–‘पछिल्लो समय जिल्लामा भइरहेको घटनाबारे सही सूचना लिन सञ्चारकर्मीहरु कठिनाइ भइरहेको छ, सूचना माग्न प्रवक्तालाई फोन गर्दा फोन उठ्दैन, एसपीको फोन उठ्दैन ।

जसकारण हामीलाई धेरै कठिनाइ भइरहेको छ । सूचना लिन सञ्चारकर्मीहरुको अधिकार रहेकोले तत्कालै समस्या समाधान गर्न हाम्रो माग छ ।’
सही समयमा सही सूचना दिन प्रेस युनियन बाराले प्रहरीसंग विज्ञप्तिमार्फत माग गरेको छ ।


सम्बन्धित समाचार