Logo

२८ मंसिर, बारा । मालपोत कार्यालय सिमराको मिलामतोमा परिवारका एक जना अंशियारलाई करोडौँको जग्गाबाट बार्हिगमन गरी अंश बण्डा गरिएको पाईएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ निवासी ३६ बर्षिय सँगिता देबि चौधरीले यस्तो किर्ते कार्य गर्ने मालपोत कर्मचारी र लेखापढी ब्यवसायीलाई कार्बाहीको माग गर्नुभएको छ । आमा सुकिया देबी थरुनीलाई आफना अरु बहिनीहरुले ललाईफकाई गरी लेखापढी ब्यवसायी र मालपोत कर्मचारीको मिलामतोमा करोडौँको जग्गाबाट बञ्जित गर्ने प्रयास गरेको पिडित सँगिता देबि चौधरीले आरोप लगाईन् ।

छोरा नभएका ६५ बर्षिय सुकिया देबिको पाँच जना छोरीहरु मात्र रहेका छन् । सँगिता पाँच जना छोरीहरुमध्ये जेठी सन्तान हुन् । उपमहानगरपालिका वडा नं.९ छातापिपरामा सुकिया देबीको नाममा राजमार्गसँग जोडिएको किता नं.३१३ मा १० कठ्ठा ७ धुर ८ कनवा जग्गा रहेका छन् ।

सो जग्गा पाँच जना बिवाहित छोरीहरुमा अंश बन्डा गर्दा बराबर बाड्नुपर्ने हो ।तर जेठी छोरी सँगितालाई थाह नै नदिई वेवास्ता गर्दै चार जना छोरीलाई मात्र बाँडेको देखिएको छ ।

उक्त जग्गा चल्न चल्तीमा प्रति धुर ३ लाख देखि ३ लाख ५० हजारसम्ममा बिक्रि बितरण भइरहेको स्थानीय बताउँछन् । पिडित सँगिताले जग्गाको लेखत प्रमाणित प्रतिलिपी मागको निबेदन दर्ता गराउँन जाँदा मालपोत कर्मचारीले आलटाल गरी दर्ता गर्न नचाहेको दुखेसो गरिन् ।

लामो प्रयासपछि मात्र दर्ता गरेको जानकारी दिईन् ।यता मालपोत कार्यालय सिमराका सुचना अधिकारी अधिकृत पल्बी कुमारी कणर्ले एक जना छोरीलाई जग्गाबाट बञ्चित गर्ने कुरामा आफना मालपोत कर्मचारीहरुको कुनै दोष नभएको बताउँनुभएको छ । आफनै आमाले मेरो ४ जना मात्र सन्तान छन् भनेपछि ,अरुको कसरी दोष भो भनेर प्रति प्रश्न गर्नुभयो ।

आमा वा बुवाको स्व.घोषणामै छोराछोरीहरुको निर्धारण गरी अंश बन्डा गर्ने गरेको बताउँनुभयो । सुचना अधिकारी अधिकृत कणर्ले यस बिषयमा जानकारी हुन साथ आफुहरुले जग्गाको लाल पुर्जा बन्ने कार्यलाई रोकेको जानकारी दिनुभयो ।

उनले भन्नु भयो ,हामीले उहाँहरुलाई तपाईहरु मिलेर आउँनुस अनि मात्र लाल पुर्जा बन्छ भनेर पठाएका छौ ।


सम्बन्धित समाचार