![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/congress-kendriya-karyalaya.jpg?fit=1024%2C584&ssl=1)
२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ । बैठक आज दिउँसो १२ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ ।
आज बस्ने बैठकमा आगामी पुस १६ गतेदेखि हुने भनिएको महासमिति बैठकको तयारी, राष्ट्रियसभा निर्वाचन, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले भने आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गर्नुभएको छ ।