Logo

२९ मंसिर,जनकपुर । नेपालमा जेनेरल प्रैक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपाल ( जिपिइमैन)को व्यवस्था सरकारी अस्पतालमा नरहेको जिपिइमैनका महासचिव डा. विश्वराज दवाडीले जनाएका छन् ।

उनले चिकित्सालय क्षेत्रमा जिपिइमैनको शैक्षिक व्यवस्था हुदाँहुदैँ पनि यस प्रति सरकारी उदासिनताका बावजुद नेपालमा करिब पाँच सय भन्दा बढी चिकित्सक यस विषयमा अध्ययन गरेपनि मुलुकमा बसेर काम गर्ने वातावरणको अभावमा विदेशिनु परिरहेको प्रति चिन्ता व्यक्त गरे ।

उनले यस चिकित्सा विद्याले एउटै चिकित्सकले यस विद्याले एक विरामीको सम्पूर्ण हेरचाहदेखि क्लिनिकल व्यवस्था पद्धतिमा ध्यान दिने हुनाले यस विद्याको बढी महत्व रहेको बताए । उनले विरामीको प्रारम्भिक हेरचारदेखि उपचारसम्ममा ध्यान दिदाँ विरामी छिटो निको हुने र दिर्घरोगी नहुने पद्धति रहेकाले यसप्रति सरकारसमेत गम्भीर हुनुपर्ने बताए ।

सरकारी अस्पतालमा जिपिइमैनको व्यवस्था रहेपनि एमबिबिएस चिकित्सकले नै सबै उपचार गर्दा विरामी झनै विरामी हुने उनको भनाई थियो ।

उनले अहिलेसम्म नेपालमा ५०० भन्दा चिकित्सक रहेपनि अहिले नेपालमा ३२५ जना चिकित्सक जिपिइमैन विद्यामा अध्ययन गरेको बताए ।
जानकी मेडिकल कलेज एन्ड टिचिङ होस्पिटलका डाइरेक्टर डा. धर्मदत्त जोशीले तीन वर्षदेखि यससम्बन्धी अध्ययन भइरहेको जानकारी दिदँै अहिले चार जना विद्यार्थी अध्ययनरत्त छन् भने यस होस्पिटलमा समेत चार जना जिपिइमैन चिकित्सा विद्यामा अध्ययन गरेका चिकित्सक काम गरिरहेको बताए ।

होस्पिटलका अध्यक्ष ओपि पाण्डे यस एक वर्षमा एक लाखसम्म सेवाग्राहीलाई सेवा दिएको जानकारी दिए । उनले प्रत्येक वर्ष विभिन्न स्थानमा ३० देखि ४० वटा स्वास्थ्य शिविर संचालन गर्दै आएको समेत बताए । यस होस्पिटलमा एक सय भन्दा बढी चिकित्सक कार्यरत्त रहेको डिन डा. जयनारायण साहले जानकारी दिए ।

त्यस्तै डा. शिवचन्द्र साहले जिपिइमैन चिकित्सा विद्याको पैरवी नहुदाँ यस अध्ययनप्रति विद्यार्थीहरुले सुरुमा रुचि नदेखाउदाँ अध्ययनप्रतिको रुचिमा कमी रहेको बताए । तर यस शिक्षाप्रतिको महत्व बुझ्दैँ गएपछि यस वर्ष पाँच जना विद्यार्थीले जिपिइमैन चिकित्सा विद्याको अध्ययन गर्ने बताए ।


सम्बन्धित समाचार