Logo

३० मंसिर, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गएराती एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ ।

नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।

सरसफाइ शाखाका नाइके रामबली हजराले आफ्नै सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया प्रहरीले बताएको छ ।

पीडक हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफ्न्तले जनाए ।

पीडित महिला र उनको श्रीमानले अहिले जाहेरी दिन इलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ ।


सम्बन्धित समाचार