Logo

३० मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले सवा लाख रुपैयाँसहित ठूलो परिमाणमा प्याजसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिकाबाट विल बिजक भन्दा लोड रहेको प्याज बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा गरेको जाँचको आधारमा पथलैया चोकबाट प्र २ को ०४–००१ च ००८४ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।

बरामद पिकअपबाट २५०० किलो प्याजसहित पिकअप नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
उनका अनुसार बरामद प्याजसहित पिकअपमा बिल विजक भन्दा बढी सामान लोड रहेको पाइएपछि हो ।

सिमराबाट बरामद विल बिजक भन्दा बढी सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार