Logo

जनकपुर, पुस १ । जनकपुरधाममा विवाहपञ्चमी महोत्सवमा दर्शन गर्न आएका बेला दर्जनौँ पाकेटमार तथा अबान्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका छन् ।

जनकपुरधाममा अत्याधिक भिडभाड रहेका बेला पाकेटमार गर्ने र अवाञ्छित गतिविधि गरेको आरोपमा धनुषा प्रहरीले १८ जनालाई पक्राउ गरेको हो ।

अत्याधिक भिडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यवहार गर्ने १८ जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनीहरुलाई दिँउसो एक बजेसम्ममा पक्राउ परेकाहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा रहेको प्रहरी युनिटमा राखिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।


सम्बन्धित समाचार