Logo

२ पुस,जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाह पञ्चमीअन्तर्गत आइतबार राति राम र सीताको विवाह सम्पन्न भएको छ।

जानकी मन्दिरमा बनाइएको विवाह मण्डपमा मैथिली परम्पराअनुसार सीता र रामको विवाह भएको हो।

साँझदेखि चलेको विवाहको विधि रातभरि चलेको थियो। विवाहअघि आइतबार दिउँसो राम र जानकीको डोला फेर गरी बाह्रविघा मैदानमा स्वयम्वर गरी नगर परिक्रमा गराइएको थियो।

दुवै डोला जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो। विवाह पञ्चमीको अन्तिम दिन सोमबार साधुशन्तलाई जानकी मन्दिर परिसरमा मिस्टान परिकार भोजन गराएर बिदाइ गरिनेछ।

साधुशन्तलाई जानकी मन्दिर प्रांगणमामा दिउँसो ५६ व्यञ्जन मिस्टान परिकार भोजन गराई, गीतले स्वागत गर्ने कार्यक्रम रहेको जान्दिरका सह महन्त रामरोशन दास बैष्णवले बताए।

यो परम्परालाई रामकलेवा भनिन्छ। जन्तीका रुपमा आएका साधुशन्तलाई चादर, कम्बल र दक्षिणास्वरूप केही रुपैयाँ पैसा दिएर भव्य तवरबाट बिदाइ गर्ने प्रचलन रहेको महन्त दासले बताए।

यस दिनमा राम सीता, लक्ष्मण र भरत सत्रुधनको रुपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउनुको साथै उनीहरुको पनि बिदाइ गर्ने प्रचलन छ।

रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भरिएको छ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम भग्वान राम र आदर्श नारी सीता बीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाम सातदिनसम्म रामजानकी विवाह पञ्चमी मोत्सव भव्यताको साथ मनाइन्छ।

मंसिर २६ गतेदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फूलवारी लिला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैटो दिन विवाहपञ्चमी र सातौं अर्थात् अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ।

सीता र रामको स्वयम्वर र विवाहसम्पन्न भएपछि जनकपुरधाम आएका लाखौं दर्शनार्थी घर फर्कन थालेका छन्।


सम्बन्धित समाचार