Logo

२ पुस,वीरगञ्ज । कालिकामाई गाउँपालिकामा आज शोक विदा दिईएको छ । गाउँपालिकाका एम्बुलेन्स चालक गोरख महतोको निधनको शोकमा आज गाउँपालिकामा शोक विदा दिईएको हो ।

गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतले आज एक विज्ञप्ति जारी गरी गाउँपालिकाको एम्बुलेन्स चालकमा कार्यरत महतोको निधनले गाउँपालिकालाई स्तब्ध बनाएको जनाउदै दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । साथै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले गाउँपालिका मातहतका शैक्षिक संस्था र स्वास्थ्य संस्था बाहेकका सबै आज एक दिन विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार