Logo

२ पुस,वीरगञ्ज । पर्सा प्रहरीले अवैध रुपले लगाइएको गाँजा खेती नष्ट पारेको छ । प्रहरीले २३ ठाउँमा ६ कठ्ठा जग्गाको अवैध गाँजा खेती नष्ट पारेको हो ।

पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ देउरिया, वडा नं. ५ पटेर्वा र पर्सागढि वडा नं. ९ एकटाँगा स्थितमा लगाइएको गाँजा खेती फडानी गरेको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरिक्षक रामराज केशरीको कमाण्डमा खटिएको टोलीले २ हजार ५ सय बोट गाँजा फाडेको प्रहरीले जनाएको छ ।

बारामा १३ कठ्ठा फडानी

बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ ।

नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती प्रहरीले आज जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उक्त क्षेत्रफलमा गरिएको गाँजाखेती नष्ट गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले राससलाई जानकारी दिए ।

गाँजाखेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

निजगढ नगरपालिका–११ रतनपुरस्थित २ कट्ठा, सोही वडाको बिचटोलको एक कट्ठा र वडा नं १३ डम्मरपुरको एक बिगाह १० कट्ठामा गरिएको गाँजाखेती पनि नष्ट गरिएको छ ।


सम्बन्धित समाचार