Logo

२ पुस,वीरगञ्ज । बारा प्रहरीले ९५ हजार भन्दा बढी मूल्य बराबरको भन्सारको छलीको कपडा बरामद गरेको छ ।

जितपुर र परवानीपुरबाट खटेको प्रहरी संयुक्त टोलीले जीतपुर सिमराबाट ९५ हजार ६ सयको भन्सार छलीको कपडा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्र.–०३–००१ ख ०१५९ नम्बरको यात्रुबाहक बस जाँच गर्दा प्रहरीले भन्सार छलीको कपडासहित विभिन्न खुद्रा सामानसमेत बरामद भएको जनाएको छ ।

बारमद गरिएको कपडासहित खुद्रा सामानबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।


सम्बन्धित समाचार