Logo

२ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै डेढ लाख मूल्य बराबरका भन्सार छलीका प्याजसहित पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज–१४ गण्डक चोकस्थित सडकखण्डबाट ना ४ च ८७१३ नक्बरको पिकअप नियन्त्रणमा लिएको हो ।

भन्सार छलीका प्याज लिएर पिकअप वीरगञ्जबाट चितवनतर्फ गइरहेको सूचना प्रहरीकोमा आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा पिकअपमा विल विजक भन्दा बढी प्याज फेला पारेर पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जनाए ।

प्याजको मूल्यांकन १ लाख ४७ हजार ७५० रुपैँपा कायम गरि आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार