Logo

२ पुस,काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदसम्बन्धी २ मुद्दामाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

६ वर्षअघि दर्ता भएको र हालैमात्र दर्ता भएको दुई रिट निवेदनको पेसी संयोगले सोमबार एकै दिन परेको हो। दुवै मुद्दा एनसेलको सेयर खरिदको कर विवादका हुन्। ५ वर्षअघि निरज गोविन्द श्रेष्ठले मुद्दा दायर गरेका थिए भने अहिले स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेका हुन्।

श्रेष्ठले २०७४ असोज २२ गते र कात्तिक १ गते आन्तरिक राजस्व कार्यालय तथा अर्थ मन्त्रालयलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबारलाई पेसी तोकिएको हो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी रहेको छ। यो मुद्दाको पेसी पहिलो नम्बरमा रहेको छ। करिब ६ वर्षदेखि विचाराधीन भएकाले यो अभियान फाँटअन्तर्गतको मुद्दा हो।

त्यस्तै, हालैमात्र भएको एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा नेपालमा छलि भएको भन्दै स्वतन्त्र सांसद सिंहले रिट दायर गरेका हुन्। उक्त रिटको पेसी न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा, क्रमसंख्याअनुसार तेस्रो नम्बरमा छ।

सासद सिंहले दायर गरेको रिटमा लगातार पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ।
एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रिनोल्ड होल्डिङ्स लिमिटेडको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा मलेसियन कम्पनी आजियटा र स्पेक्ट्रलाइट युकेबीच सहमति भएको विषय बाहिरिएको थियो।

एनसेलको ८० प्रतिशत सेयर किनबेच हुँदा नेपालको नियामक निकाय दूरसञ्चार प्राधिकरणबाट स्वीकृति लिइएको थिएन। यस्तै, उक्त सेयर किनबेचबारे आन्तरिक राजस्व विभागलाई पनि जानकारी थिएन।


सम्बन्धित समाचार