Logo

घरबाटो सिफारिसका लागि ५ लाख घुस लिदै गरेको अवस्थामा सिमरा ३का वडाअध्यक्ष तारा कार्की पक्राउ

२ पुस,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट एक जना वडाध्यक्षलाई घुस रकमसहित पक्राउ गरेको छ ।

हेटौडा स्थित अख्तियारको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो ।
कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य हुन ।

 


सम्बन्धित समाचार