Logo

३ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले बिल बिजक भन्दा बढी लोड रहेको सामान बरामद गरेको छ । अमलेखगञ्ज र पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले ३ लाख ३५ हजार भन्दा बढीको सामान बरामद गरेको हो ।

बारा प्रहरीले गरेको जाँचमा जुत्ता र प्याज बरामद गरेको जनाएको छ । प्रहरीले बा १७ च ७७८० नम्बरको मारुती भ्यानबाट २४३ जोर जुत्ता बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

यसैगरी प्रदेश १–०१–००१ ख ३५७८ नमबरको यात्रुबाहक बसबाट एक हजार किलो प्याज बरामद गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्ति अनुसार प्रहरीले यात्रुबाह बसलाइ छोडेको छ भने मारुती भ्यानलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

 


सम्बन्धित समाचार