Logo

फाइल तस्बिर

३ पुस,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट वन गस्ती टोलीले अवैध सालको गोलिया काठ बरामद गरेको छ । राष्ट्रिय वनबाट अबैध रुपमा रुख कटान गरि लुकाइ राखेको सुचनाको आधारमा काठ बरामद भएको हो ।

सब डिभिजन वन कार्यालय बसन्तपुरबाट सुवेदार प्रदिप प्रसाद तिमिल्सिनाको नेतृत्वमा खटिएको वन गस्ती टोलीले काठ पक्राउ गरेको बताइएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ देउरिया गाउँ नजिक खेतमा लुकाइराखेको अवस्थामा काठ बरामद भएको सब डिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले जनाए ।

उहाँका अनुसार टोलीले ८ थान सालको गोलिया ४५ क्यूफिट बरामद गरेको हो ।
बरामद काठ सब डिभिजन वन कार्यालय बसन्तपुरको नियन्त्रणमा राखिएको र काठ तस्करको खोजी भईरहेको सहायक वन अधिकृत पाण्डेले बताए ।


सम्बन्धित समाचार