Logo

३ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सारबिनै चल्ने भारतीय एम्बुलेन्सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिआर १ एपी ५२९१ नम्बरको भारतीय एम्बुलेन्ससहित चालक भारत बिहार जिल्ला पूर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने ३० वर्षिय महम्मद नेजामुद्धिनलाई पक्राउ गरेको हो ।

भारतीय नम्बरको एम्बुलेन्स जिल्लामा चलाउन अघोषित प्रतिबनध गरिएकोले पर्सा प्रहरीले उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले एम्बुलेन्ससहित चालकलाई वीरगञ्ज महागरपालिका वडा नं. १३ तराई अस्पताल अगाडी सडकखण्डबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक डिएसपी कुमारबिक्रम थापाले जनाए ।

प्रहरीले पक्राउ परेको एम्बुलेन्सको जाँच गर्दा त्यसको पार्टपुर्जाको स्वरुपसमेत परिवर्तन गरेर चलाइरहेको पाइएको बताउँछ ।
पक्राउ परेको एम्बुलेन्स थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएपसी थापाको भनाइ छ ।


सम्बन्धित समाचार