Logo

३ पुस,जनकपुर ।जनकपुरधाम स्थित गोपाल धर्मशालामा बजार व्यवस्थापनलगायत जग्ग उपभोग नगर्न नगराउन भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

शम्भु यादवले दिएको निदेवन उपर सुनुवाई गर्दै न्यायाधीश बलभदै बाँस्तोलाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय धनुषासमेतको नाममा गोपाल धर्मशालामा कुनैपनि किसिमको बजार व्यवस्थापन तथा उपभोगलगायतका कार्यहरु टुंगो नलागेसम्मका लागि विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

गोपाल धर्मशाला गुठी संस्थानको अधिनस्थ रहेकाले धर्मशालाको जग्गा गुठी तैनाथी जग्गा हुँदा गुटी संस्थानको उद्देश्य र अभिष्ट बाहेकको अन्य बजार व्यवस्थापनका कार्यमा गुठी संस्थान अन्तर्गतको गोपाल धर्मशालाको गुठी जग्गा उपभोग नगर्नु नगराउनु र उक्त धर्मशालामा कुनै निर्माण कार्य, बजार व्यवस्थापनको कार्य नगरी प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यथास्थितिमा राख्नु भनी मुलुकी देवाी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको उच्च अदालतले जारीको अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

सार्वजनिक हितको लागि अदालतमा निवेदन परेकोले अन्तरिम आदेश जारी गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषालाई उच्च सरकारी वकील कार्यालय मार्फत तथा अनय विपक्षीहरुले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

वादीको तर्फबाट अधिवक्ता विपिन कुमार झाले बहस गरेका थिए ।


सम्बन्धित समाचार