Logo

४ पुष, वीरगञ्ज । बाराको अमलेखगञ्जमा बस र ट्रक आपसमा ठोकिँदा भएको दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुवै सवारी साधनका चालक र अर्का एक यात्रुले ज्यान गुमाएका प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

गएराति झापाबाट काठमाडौँ आउँदै गरेको बा ३ ००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्ज नजिकै पर्ने तीन नम्बर पुलमा ठोकिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गएराति करिब २ बजे भएको दुर्घटनामा ट्रक चालक तनहुँको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका( ३ का ४० वर्षीय हरि शम्शेर सुयालको मृत्यु भएको छ। दुर्घटनामा करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको छ। तर ती पुरुषको भने सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका २७ जनाको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार