Logo

४ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ७२ हजार रुपैयाँ मूल्य बराबरको प्याज बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिकाबाट विल बिजक भन्दा बढीको प्याज बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा जाँच गर्दा पथलैया चोकबाट ना ६ ख ९००४ नम्बरको यात्रुबाहक बस र बा.प्र ०१–००६ख ५४३३ नम्बरको यात्रुबाहक बसबाट १००० किलो प्याज बरामद गरीएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

सिमराबाट बरामद प्याज विल बिजक भन्दा बढी सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरी जनाएको छ ।


सम्बन्धित समाचार