Logo

४ पुस,वीरगञ्ज । पर्साको सिर्सिया नदीमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । सिर्सिया नदीमा भारतको मोतिहारी बस्ने सलेन्द्र तुराहा मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

मृतक तुराहा ५/७ दिन अगाडि मात्रै श्रीमतीसंगै ड्राइपोटमा रहेको आफ्नो ससुराली घरमा आएका थिए ।
मृतक तुराहाले हिजो माद्यक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको पर्सा प्रहरीले बताएको छ ।

प्रहरी भन्छ,‘अहिलेसम्मको अनुसन्धानमा मृतक तुराहाले मापसे गरेको खुलेको छ, अर्को उनी मिर्गीको विरामी पनि थिए । साँझ मापसे गरेर नदीमा पसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।’

नदीतर्फ गएको स्थानीयले प्रहरीलाई खबर गरेपछि पर्सा प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।
उनका अनुसार शव उठाएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइने उनी बताउँछन् ।


सम्बन्धित समाचार