Logo

४ पुस,जनकपुर । नेपाली काँग्रेस मधेश प्रदेशको सम्मेलनको पुर्वसन्ध्यामा काँग्रेसभित्र तिव्र असन्तुष्टी देखिएको छ ।
मंगलबार नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेश सम्मेलनका लागि छनोट गरिएको प्रतिनिधिमा एक्लौटी भएको भन्दै दर्जनभन्दा बढी सदस्यले सो कार्यको विरोध गरेका छन् ।

प्रदेश सभा क्षेत्रिय प्रतिनिधिहरु बीच निर्वाचन प्रक्रियालाई बेवास्ता गर्दै प्रदेश क्षेत्रीय सभापतिले आफुखुसी एक्लौटीढंगले प्रतिनिधिहरुको नाम छनोट गरी सिफारिस गरेको भन्दै २५ सदस्यीय प्रदेश सभा क्षेत्रिय कार्यसमिति मध्ये १४ जना सदस्यले विरोध जनाएको छ ।

काँग्रेसको विधान बमोजिम विधि प्रक्रियासम्मत नदेखिएको भन्दै काँग्रेसको मधेस प्रदेश कार्य समितिमा उजूरी दिएको सदस्य दिपक ठाकुरले जानकारी दिए ।


सम्बन्धित समाचार