Logo

४ पुस,वीरगञ्ज । प्रभु साह नेतृत्व गरेको आम जनता पार्टी निकट आम सम्पर्क मञ्च भन्सार विभाग घेराउ गरेको छ ।

विभिन्न ४ बुँदे माग राख्दै भन्सारमा विभागमा बुझाएको ज्ञापनपत्रको सुनुवाइ नभएपछि आम सम्पर्क मञ्चले घेराउ कार्यक्रम गरेको हो ।
आम सम्पर्क मञ्चले आज चौथो दिन भन्सार विभाग घेराउ गरेको हो ।

भन्सार कानुन सुधार संघर्ष समितिले ३० भाद्रमा भन्सार विभागमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको मञ्चका संयोजक रन्जुकुमारीले बताइन् ।
भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधानलाई हटाउन माग गर्दै बुझाइएको ज्ञापनपत्र झण्डै ४ महिना पुग्न लागेको मञ्चले उल्लेख गरेको छ ।

आम सम्पर्क मञ्चले उठाएको माग सरकारले पूरा नगरी नजरअन्दाज गरिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ ।
भन्सार विभाग घेराउ गर्दै आम सम्पर्क मञ्चले समयमै आफ्नो माग नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मञ्चले भन्सार नियमावलीमा रहेको परिच्छेद १० को पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउन माग गरेको छ भने कर कानुन, राजश्व कानुन र भन्सार कानुनमा एकरुपता नियमावलीबाट अनावश्यक प्रावधान हटाउने माग गरेको छ ।

यसैगरी तेस्रो नम्बरमा भन्सारबाट उठेको राजश्व रकमबाट २५ रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्न मागिएको छ भने चौथो नम्बरमा घरायसी प्रयोजनको लागि ल्याइने उपभोगको वस्तुमा कुनै भन्सार कर नलगाउन व्यवस्था गर्न सरकारसंग मागिएको छ ।


सम्बन्धित समाचार