Logo

फाइल तस्विर

४ पुस,वीरगञ्ज । बाराको निजगढ नगरपालिका स्थित भमरामा आज दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

रौतहटबाट निजगढतर्फ आउदैँ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् ।

बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन् । घाइते उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भईरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको निजगढ प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार