Logo

५ पुस,वीरगञ्ज । बारा प्रहरीले ६३ लाख मूल्य बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा विभिन्न ठाउँमा गरिएको जाँचको क्रममा प्रहरीले भन्सार छलीका ६३ लाख भन्दा बढीको सामान पक्राउ गरेको हो ।

बारा प्रहरीले गरेको एक दिनको जाँचमा विल विजक भन्दा बढी, स्रोत खुलाउन नसकेको र भन्सार छलीको ६३ लाख १२ हजार रुपैयाँ बराबरको खुद्रा सामान बरामद गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

जीतपुर सिमरा,अमलेखगञ्जसहितका ठाउँबाट प्रहरीले प्याज मात्रै १५१० किलो बरामद गरेको जनाएको छ ।यो साथै ६१ लाख मूल्य बराबरको विभिन्न खुद्रा सामानसमेत बरामद भएको बारा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पक्राउ परेका प्याज, खुद्रा सामानसहित ना ८ ख ६९०५ नम्बरको ट्रकलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरीले जनायो ।

 


सम्बन्धित समाचार