Logo

६ पुस,वीरगञ्ज । बारा प्रहरीले ३६ किलो लागुऔषध गाँजासहित एउटा भारतीय नम्बरको स्कारपियो बरामद गरेको छ ।

बाराको जीतपुर सिमरा पथलैयाबाट सर्भिस लाइनमा पार्किङ गरी राखेको बेवारिसे स्कारपियोको जाँच गर्दा प्रहरीले उक्त परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो ।

पथलैया सडकखण्डबाट प्रहरीले डिएल ४ एनबी ३६८१ नम्बरको भारतीय स्कारपियोको पछाडिको भागमा बक्समा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको हो ।
बरामद गरिएको गाँजासहित स्कारपियोमाथि थप अनुसन्धान सुरु गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

गाँजा र स्कारपियो अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणा रहेको प्रहरीले बताएको छ ।


सम्बन्धित समाचार