Logo

६ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले जाँच गरेको थियो ।

सोही क्रममा ट्रकमा लोड रहेको सामानको विल बिजक संकास्पद देखिएको नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारबिक्रम थापाले जनाए ।बरामद सामग्रीको मूल्यांकन ४५ लाख ९६ हजार १०४ रुपैँया कायम गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

 


सम्बन्धित समाचार