Logo

६ पुस,वीरगञ्ज । बाराको जितपुरमा बजार ब्यवस्थापन तथा सुरक्षा चुनौती सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।

बजारमा चोरीको घटनामा वृद्धि भएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा कार्याक्रमको आयोजना गरिएको हो । अन्तरक्रियामा व्यापारीहरुले आफनो र ग्राहकको सामग्रीको सुरक्षाको माग गरेका थिए ।

जितपुर बजार अब्यवस्थित नहुँदा जताततै फोहोर देखिएको, शौचालयको सुबिधा नभएको, दिनँहु सटर फुटाएर पसलमा चोरी भएको, मोटरसाईकल चोरी लगायतको विषय व्यापारीहरुले उठाएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रबि भाष्करले बजार ब्यवस्थापनमा देखिएका समस्याहरुको सुचि लिखित रुपमा बुझाउन अनुरोध गर्नुभयो ।

सबैको साथ र सहयोगले नै समस्याको निराकरण गर्न सकिने उहाँको भनाइ छ । सुरक्षा निकायका प्रमुखहरुले बजारमा सिसिटिभि क्यामरा नभएको, सिमित स्रोत साधन र जनशक्तिबाट बढी काम लिनुपर्ने अवस्था रहेको र सम्पत्ती चोरी भएको साहुले नै चोर समात्नलाई जाहेरी नदिने गरेको लगायतको समस्या चोरीको प्रमुख कारण भएको बताएका छन् ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।

 

 


सम्बन्धित समाचार