Logo

७ पुस,जनकपुर । मधेश प्रदेशसभामा विषयत समितिको बैठकबाट दुई वटा मस्यौदामाथि छलफल गरि यही पुस मसान्तमा प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी थालिएको छ ।

मधेश प्रदेशको प्रदेशसभामा विषयगत समितिको बसेको नियमित बैठकबाट महिला, बालबालिका तथा समाजिक न्यायसम्बन्धी मस्यौदा र यातायात सम्बन्धी मस्यौदामाथि छलफल गरी प्रदेशसभामा पेश गरिने सभामुख रामचन्द्र मण्डलले जनाए ।

उनले प्रदेशसभाको बैठकमा तयारी अवस्थामा रहेको मस्यौदालाई पेश गर्नु अघि दुईवटै मस्यौदामाथि दफावार छलफल गरिएको बताए ।
सभामुख मण्डलले यही पुस मसान्तमा लगातार तीनदिनसम्म बैठक आह्वान गर्ने विषयगत समितिमा छलफलसमेत गरिएको बताए ।

उनले पुस २१, २२ र २३ गते बस्ने प्रदेशसभा बैठकमा महिला, बालबालिका तथा समाजिक न्यायसम्बन्धी तयार पारिएको मस्यौदामाथि दफावार छलफल गरिने बताए ।
उनले प्रदेशसभा बैठकलाई लगातार दिनसम्म निरन्तरता दिई महिला, बालबालिका तथा समाजिक न्यायसम्बन्धी मस्यौदालाई विधेयकमा पारित हुनेमा विश्वास व्यक्त गरे ।

यस विषयगत समिटिको बैठकमा अर्थ तथा योजना समिति, कृषि तथा भुमि व्यवस्था समिति, प्रदेशमामिला समिति, प्राकृतिक वातावरण तथा स्रोत समिति, महिला, बालबालिका तथा समाजिक न्याय समिति, विकास समिति र सार्वजनिक लेखा समितिका सभापति तथा सरोकारवाल मन्त्रालयका सचिवको समेत सहभागिता थियो ।

 

 


सम्बन्धित समाचार