Logo

७ पुस,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नंं. ३ स्थित सुशासन साना किसान कृषि सहकारी सस्थां पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आमोदेबि जनता क्याम्पसको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो ।

सस्थांका अध्यक्ष बिन्दु देवी थरुनीको अध्यक्षतामा भएको सभाको उद्धघाटन संघिय सांसद अजय कुमार चौरसियाले पानसमा बत्ती बालेर गर्नुभएको हो । कार्याक्रममा बोल्दै सांसद चौरसियाले सहकारीमा लागेका महिलाहरुलाई ऋण लिएर अन्य कार्यमा खर्च नगरी उत्पादन मुलक कार्यमा लगानी गर्न अनुरोध गर्नुभयो ।

यस्तै कार्याक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य श्याम पटेलले स्थानीय महिलाले अधिकार मात्र माग्ने नभई कार्य गरेर देखाउने भएकाले खुसी लागेको बताउनुभयो । उहाँले पर्सागढिमा दुई वटा सहकारी सस्थां महिलाहरुले सफलता साथ संचालन गरेको दाबी गर्नुभयो ।

कार्यक्रममा पर्सागढिका नगरप्रमुख गोकर्ण पाठक, नेपाली काङ्ग्रेस जिल्ला कार्य समितीका उपसभापति अशोक गुप्ता, पर्सागढिका पूर्व मेयर लोकनारायण यादव, पूर्व उपप्रमुख अर्चना चौधरी, साना किसान कृषि सहकारी उदयपुर घुर्मीका अध्यक्ष विरेन्द्र प्रसाद कर्ण लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै कार्याक्रममा लेखा समिती सदस्य टीका श्रेष्ठले ९२ लाख ११ हजार ८१९ रुपैयाको सस्थांका आयव्यय प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य सस्थांकी उपाध्यक्ष बबिता चौधरीले गर्नुभएको कार्याक्रमको सहजीकरण बलिराम शुक्लाले गर्नुभएको थियो ।


सम्बन्धित समाचार