८ पुस,पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नं. ६ मा आज एक कार्यक्रमकाविच ग्यास र चुल्हो वितरण गरिएको छ । कार्याक्रममा ४ सय ८३ परिवारलाई ग्यास र चुल्हो बितरण गरिएको हो ।
नगरप्रमुख प्रधुम्न चौहानले ग्यास सिलिन्डर वितरणले मानविय समाज निर्माणमा सहयोग पुग्ने बताए । उनले अरु वडामा पनि वितरण गर्ने योजना रहेकोमा कागजी प्रकृया अपुग भएकाले रोकिएको जनाए ।
यस्तै पुर्वमेयर दिपनारायण रौनियारले काठ दाउराको अभावलाई मध्यनजर गर्दै ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको जिकिर गरे । चुल्हो बाल्न नजान्नेका लागि तालिमको आयोजना गरिने उल्लेख गर्दै पूर्वमेयर रौनियारले ग्यास सिलिन्डर र चुल्हो आफैं प्रयोग गर्न सुझाए ।
वडा अध्यक्ष महिन्दर महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेको नगर अध्यक्ष बिन्ध्याचल ठाकुर, क्षेत्रिय अध्यक्ष राजेश रौनियार, गोवर्धन यादव, कमल मुखिया, राजनारायण कुर्मी, युवा संघको केन्द्रीय सदस्य कौशल साह, शिक्षक बिनोद गिरी लगायतको उपस्थिती थियो ।
धुवाँ रहित वडा निर्माणका लागि चुल्हो वितरण गरिएको वडा अध्यक्ष महतोको भनाइ छ ।