Logo

८ पुस,वीरगञ्ज । प्रहरीले बाराको जीतपुर सिमराबाट करिब २ लाख मूल्य बराबरको प्याजसहित पिकअप नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले जीतपुर सिमरामा पिकअप जाँच गर्दा विल बिजक भन्दा बढी लोड रहेको पिकअप सिमरा ७ बाट नियन्त्रणमा लिएको हो ।

बीरगञ्जबाट चितवततर्फ जाँदै गरेको प्रदेशको २०३–००१ च– ६२०३ नम्बरको पिकअप ३००० किलो प्याज नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार विशेष स्रोतबाट आएको सूचनाको आधारमा जाँच गर्दा करिब १ लाख ८१ हजार रुपैयाँ बराबरको प्याज बरामद भएको हो ।
बरामद प्याजसहित पिकअपमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार