![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/413257243_2716203365197858_6985783901369017476_n.jpg?fit=800%2C445&ssl=1)
८ पुस,जनकपुर । महोत्तरीको गौशाला नगरपालिकाका उपनगरप्रमुखको गाडीमा आगजनी भएको छ ।
आज उपनगरप्रमुख रेनु कुमारी महतोको घर गौशाला नगरपालिका १ रामनगरस्थित आफ्नै निवास अगाडि पार्किंङ गरी राखेको प्र २– ००२ – ०००१ झ ०००५ नम्बरको नगरपालिकाको गाडीमा आगजनी भएको हो ।
आगो समयमै निभाएकाले धेरै क्षति हुन सकेन । आगजनीबाट गाडीको बायाँ तर्फको पछाडि र अगाडिको टायरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता दिलिप गिरिले जानकारी दिए।
घटनास्थलबाट पेट्रोल राख्ने दुई लिटरको बोतल बरामद भएको र अनुसन्धान गरिरहेको उनले बताए ।
यता उपनगर प्रमुख महतोले पालिकामा भ्रष्टाचारको विरोध गरेको कतिपय जनप्रतिनिधिलाई नै मन नपरेर भडाँस निकाल्न आफू चढ्ने गाडीमा आगो लगाएर धम्क्याउन खोजेको जनाइन्।
उनले भनिन, ‘भ्रष्टाचार गर्ने र गराउनेको विरुद्धमा हुने हरेक आन्दोलनमा सक्रिय हुन्छु । यस्तो हर्कतले भ्रष्टाचार गर्नेहरुको मनोबल बढ्न दिदिनँ । थप सशक्त भएर लाग्छु ।’
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।मोटरसाइकलमा चढेर आएका दुई अज्ञात व्यक्तिले आगजानी गरेको हो ।