![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/laxmi-koiri.jpg?fit=890%2C540&ssl=1)
८ पुस,काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
आइतबार दिउँसो सचिवालयमा गएर निलम्बन फुकुवाका लागि निवेदन दिएको सांसद कोइरीले जानकारी दिए । उनले भने, ‘अदालतबाट निर्दोष भएपछि मेरो निलम्बन फुकुवाका लागि निवेदन दिएको छु ।
अब प्रक्रिया सुरु हुन्छ भन्नुभएको छ ।’कोइरीले कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेलाई निलम्बन फुकुवाको पत्र दिएका हुन ।
उनीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।