Logo

८ पुस,काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् ।

संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् ।

हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए ।

सम्बन्धित समाचार : निलम्बन फुकुवा र सेवा सुविधा माग गर्दै संसद सचिवालयमा कोइरीको पत्र

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।


सम्बन्धित समाचार