Logo

८ पुस,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सार्वजनिक बिदाको दिन पनि पठनपाठन संचालन हुने भएको छ ।

नेपाल शिक्षक संघ नगर कार्यसमिति सिम्रौनगढले प्रेस बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदाको दिन पनि पठनपाठन हुने जनाएको हो । सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि शिक्षकहरू पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएपछि विद्यालयमा पठनपाठन ठप्प थियो ।

विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै पुस ९ गते कृसमस डे, १० गते उघौली पर्व बिदा परेकाले उक्त दिन पनि पठनपाठन हुने भएको हो ।

नेपाल शिक्षक संघ नगर कार्यसमिति सिम्रौनगढ बाराका अध्यक्ष उमाशंकर यादवले शिक्षक आन्दोलनका कारण दुई महिनादेखि सामुदायिक विद्यालयमा पठनपाठन ठप्प रहेकोले सार्वजनिक बिदाको दिन समेत पढाइ संचालन हुने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार