Logo

९ पुस,जनकपुर । आरती साह मृत्यु प्रकरणमा करिब तीन सातादेखि फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले फरार साहलाई सोमबार जनकपुरधामा स्थित होटल सगुनबाट पक्राउ गरेको हो ।सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबुलाई मंसिर २० गते थुनामा पठाउन आदेश दिएको थियो ।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अभियुक्त साहलाई थुनामा पठाउने आदेश दिएसँगै उनी फरार भएका थिए ।
यता आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरेको छ ।

यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।आरती साहको परिवार न्यायको माग गर्दै काठमाडौं स्थित माइतीघर मण्डलामा १९४ दिनदेखि धर्नामा छन् ।


सम्बन्धित समाचार