Logo

९ पुस,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

तिलगंगा आँखा अस्पताल र वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सयुंक्त आयोजना र पर्सागढि नगरपालिकाको समन्वयमा शिविर सम्पन्न भएको हो ।

शिविरमा २ सय २५ जनाको आँखा चेकजाँच गरेकोमा ९५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ ।

मोतियाबिन्दु देखिएकाहरुको पुस १० र ११ गते वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क अप्रेसन गरिने पर्सागढिका नगरप्रमुख गोकर्ण पाठकले बताए ।

शिविरमा नेत्र रोग विशेषज्ञ डा. नैना यादव, डा. गौरीशंकर गुप्ताले चेकजाँच गरेका थिए । शिविरमा प्राविधिक जितेन्द्र यादव, पर्सागढि नगरपालिका स्वास्थ्य प्रमुख नारायणप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार